०२ माघ २०८२, शुक्रबार

खिचडी (माघी) महोत्सव मेला २०८२ मनरीमा भव्य रूपमा आयोजना हुँदै

Logo
Lumbini Paribesh बिहिबार, पुष ०९, २०८२

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) — यस जिल्लाको सरावल गाउँपालिका वडा नं. २ अन्तर्गत मनरीमा अवस्थित थारु सांस्कृतिक पार्क निर्माण स्थलमा २०औँ खिचडी (माघी) महोत्सव मेला २०८२ भव्य रूपमा आयोजना हुने भएको छ।

श्री राम युवा प्रतिष्ठान, मनरीको आयोजनामा थारु समुदायको कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। “अपन धर्म, अपन ईमान, कला संस्कृति अपन पहिचान” भन्ने मूल नाराका साथ सञ्चालन हुने यस महोत्सवले थारु सांस्कृतिक जागेर्नामा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास रहेको छ।

महोत्सवअन्तर्गत थारु कला तथा संस्कृतिको प्रदर्शनी, थारु सांस्कृतिक नाच, थारु नाटक, थारु लोकगीत, विभिन्न समुदायका सांस्कृतिक प्रस्तुतिहरू, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, भलिबल प्रतियोगिता, खुल्ला महिला डान्स प्रतियोगिता लगायतका आकर्षक कार्यक्रमहरू समावेश गरिएका छन्। साथै, राक्तदान कार्यक्रम ३० गते बुधबारको दिन मात्र सञ्चालन हुने जानकारी दिइएको छ।

महोत्सवको उद्घाटन २०८२ पाैष ३० गते, समापन २०८२ माघ २ गते हुने तथा कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ। महोत्सव स्थल थारु सांस्कृतिक पार्क निर्माण स्थल वा मनरी वृक्षारोपण प्राङ्गण रहनेछ।

सरावल गाउँपालिकाको सहयोगमा आयोजना हुन लागेको यस महोत्सवमा सम्पूर्ण स्थानीयवासी, कला–संस्कृतिप्रेमी तथा दर्शकहरूलाई उपस्थित भई महोत्सवको शोभा बढाइदिन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]