२२ आश्विन २०८२, बिहिबार

जमराको के छ महत्त्व ?

Logo
Lumbini Paribesh_लुम्बिनी परिवेश सोमबार, आश्विन ०५, २०८२

नवलपरासी/ वडादशैंका बेला नेपाली समाजमा टीका र जमराको विशेष महत्व छ । दशैंमा रातो र सेतो टीक लगाउने चलन छ । हिन्दू धर्मावलम्बीहरूले दसैंको नवमीको दिन विधिपूर्वक राखिएको जमराको धार्मिक र वैज्ञानिक कारणहरु रहेको अध्येताहरुको भनाइछ ।

जमरा भनेको जौको अङ्कुर हो र यसको प्रयोग परम्परागत रूपमा विशेष धार्मिक महत्त्वका साथ गरिन्छ । धार्मिक मान्यताअनुसार, जमरा भगवतीलाई अति मनपर्ने प्रिय वस्तु हो ।

संस्कृती अध्येता कीर्तिनाथ मिश्रका अनुसार, ‘जमरा भनेको भगवतीलाई अति प्रिय वस्तु हो । त्यसमा विशेषगरी जौं को प्रयोग गरिन्छ । जौं नभई जमरा हुँदैन ।’ उनका अनुसार जौं तागत दिने अन्न हो र यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । त्यसैले देवी दुर्गालाई चढाउने प्रसादका रूपमा जौंबाट पलाएको जमरालाई विशेष मानिन्छ ।

दसैंमा घरघरमा विधिपूर्वक राखिने जमरामा जौसँगै मकै पनि मिसाउने चलन छ । मिश्र भन्छन्, ‘मकै राख्ने परम्परा सर्वसाधारण तथा पाहुनालाई ‘लौ प्रसाद’ भनेर दिने चलनसँग सम्बन्धित छ । मकै मिसाउँदा जमरा झनै आकर्षक देखिन्छ ।’

जमराको औषधीय पक्षमा पनि विशेष ध्यान दिइन्छ । मिश्रका अनुसार,‘जमरा खाएमा शरीरमा सुगर (रक्तमा चिनी) को मात्रा कम गर्न सहयोग गर्छ ।’ यसैले जमराको धार्मिक महत्त्वसँगै स्वास्थ्यसम्बन्धी उपयोगिता पनि छ ।

वर्षौंदेखि दसैंको सांस्कृतिक र धार्मिक परम्परामा गहिरो रूपमा जरा गाडेको जमरा, केवल चाडपर्वको शोभा मात्रै होइन, भगवतीप्रतिको श्रद्धा, परम्पराको निरन्तरता, र स्वास्थ्यको संकेत समेत हो ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]