२२ आश्विन २०८२, बिहिबार

नवलपरासीमा दशैंको तयारी जोर–सोरसँग, आजदेखी नवरात्री सुरु ।

Logo
Lumbini Paribesh_लुम्बिनी परिवेश सोमबार, आश्विन ०५, २०८२

नवलपरासी, असोज -६ गते देखि – हिन्दुहरूको महान चाड विजयादशमी (दशैं) नजिकिँदै गर्दा नवलपरासी पश्चिममा तयारीको माहोल चुलिएको छ। बजारहरूमा किनमेल गर्नेको भीड बाक्लिँदै गएको छ भने कपडा, जुत्ता–चप्पल, सजावटी सामग्रीदेखि पूजाआजामा प्रयोग हुने सरसामानको बिक्री बढेको छ।

शहरका मुख्य बजारहरू परासी बजार, भुमही,भुताहा,बर्दघाट,पटखौली,भटौलिया बजार लगायत ठाउँमा राति अबेरसम्म पनि पसल खुला रहने गरेका छन्। व्यापारीहरूले माग अनुसार नयाँ वस्तु भित्र्याइरहेका छन् भने उपभोक्ताहरूले उत्साहपूर्वक किनमेल गरिरहेका छन्।

मठ–मन्दिरमा पनि विशेष सजावटको काम सुरु भएको छ। दशैंको अवसरमा विशेष पूजाआजा र सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिएको जनाइएको छ।

सुरक्षा व्यवस्थालाई लक्षित गरी स्थानीय प्रशासनले निगरानी बढाएको छ भने सफाइ अभियान पनि चलाइएको छ। यसले गर्दा नवलपरासीमा यस वर्षको दशैं अझै रंगीन र उल्लासमय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]