२२ आश्विन २०८२, बिहिबार

बडादशैँमा नेपाली बक्सअफिसमा तीन ठूला चलचित्र भिड्दै, एक अर्कालाई आरोप-प्रत्यारोप।

Logo
Lumbini Paribesh बुधबार, भाद्र १७, २०८२

काठमाडौं := यसपालीको बडादशैँमा नेपाली बक्सअफिसमा तीन ठूला चलचित्र एकसाथ प्रदर्शनमा आउने भएपछि प्रतिस्पर्धा तातिएको छ । फूलपातीदेखि प्रदर्शनमा आउन लागेका रोहित अधिकारीको ‘माइतीघर’, सन्तोष सेनको ‘बलिदान’ र हरिवंश आचार्यको ‘हरिबहादुरको जुत्ता’ बीच बक्सअफिस भिडन्त हुनलागेको हो ।

चलचित्र प्रदर्शन मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालमा निर्माण टोली र फ्यानबीच पनि आरोप-प्रत्यारोप चल्न थालेको छ । विशेषगरी ‘माइतीघर’ र ‘बलिदान’का टिमबीच कटाक्ष र गालीगलौजसमेत देखिएको छ ।

तीन चलचित्र एउटै मितिमा रिलिज हुँदै गर्दा बजारमा प्रतिस्पर्धा तात्नु स्वाभाविक मानिएको छ । तर, सामाजिक सञ्जालमा सुरु भएको आक्रामक टिप्पणीले भने दर्शकमाझ नकारात्मक प्रभाव पर्नसक्ने चिन्ता गरिएको छ ।

‘माइतीघर’का निर्माता रोहित अधिकारीले सोमबार फेसबुकमार्फत आफ्नो चलचित्रविरुद्ध भइरहेको टिप्पणीलाई लक्षित गर्दै कानुनी उपचार खोज्ने चेतावनी दिनुभएको थियो । नाम नखुलाए पनि टिप्पणी गर्ने समूहका नाइकेलाई नछाड्ने अभिव्यक्ति उहाँले दिनुभएको छ । त्यसपछि मंगलबार कलाकार तथा निर्माता दीपकराज गिरीले दुईवटा स्टाटस लेख्दै आफ्नो चलचित्रको प्रचार गर्नुको साटो गालीगलौज बन्द गर्न आग्रह गर्नुभयो । उहाँले व्यंग्य गर्दै लेख्नुभयो, ‘आफ्नो हिरो बाघ, अरूको स्याल याद गरौं, बाघ पनि जनावर नै हो ।’

गिरीको उक्त स्टाटसमा ‘बलिदान’का निर्माता सन्तोष सेनले प्रतिक्रिया जनाउँदै आफूले कहिल्यै अरूलाई गिराएर अगाडि बढ्ने प्रवृत्ति नपालेको दाबी गर्नुभयो । उहाँले कालीमाता र पशुपतिनाथको कसम खाँदै नकारात्मक टिप्पणी गराउने आरोप असत्य भएको भन्दै जीवन नै अन्त्य हुने शपथसमेत लिनुभयो । यसबीच गिरीले अर्को स्टाटसमा ‘चोरको खुट्टा काटभन्दा खुट्टा उचाल्यो चोरले’ भन्दै फेरि कटाक्ष गर्नुभयो । उहाँका दुवै स्टाटसलाई रोहित अधिकारीले शेयर गर्नुभएको थियो । सेनले भने आफ्नो टाइमलाइनमै गिरीलाई उल्लेख गर्दै ‘तिम्रो सोचमै पाप छ’ भन्दै प्रतिक्रिया जनाउनुभयो ।

सन्तोषले गतवर्ष पनि फेसबुकमा लाइभ भिडियोमा आएर दीपकको आलोचना गर्नुभएको थियो । समीर भट्टको चलचित्र ‘१२ गाउँ’ र ‘दीपकराज गिरीको समूहको ‘छक्का पञ्जा-५’ एकैदिन रिलिज भएका थिए । दीपकले ‘साइबर सेना’ले आफ्नो सिनेमाका कन्टेन्टमा गाली गरेको बताएपछि सन्तोषले नाम नै किटेर आलोचना गर्नुभएको थियो । यस वर्षको विवादमा भने ‘हरिबहादुरको जुत्ता’ टिम निष्पक्ष देखिएको छ । सोमबार मुख्य कलाकार हरिवंश आचार्यले चलचित्र जुध्नु सामान्य कुरा भएको प्रतिक्रिया दिनुभएको थियो ।

तीन चलचित्र एउटै मितिमा रिलिज हुँदै गर्दा बजारमा प्रतिस्पर्धा तात्नु स्वाभाविक मानिएको छ । तर, सामाजिक सञ्जालमा सुरु भएको आक्रामक टिप्पणीले भने दर्शकमाझ नकारात्मक प्रभाव पर्नसक्ने चिन्ता गरिएको छ ।
गतवर्ष बडा दशैँमा ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]