
पाल्हिनन्दन गाउँपालिका–२ स्थित हरपुर माध्यमिक विद्यालयको स्वामित्वमा रहेको टाटा कम्पनीको बस (लु.१.क. ५०७३) आदर्श माध्यमिक विद्यालय, परासीलाई हस्तान्तरण गरिएको छ। पाल्हिनन्दन गाउँपालिकाको कार्यपालिका निर्णयअनुसार २०८१ साल माघ ५ गते गरिएको सहमति अनुसार बस २०८४ साल वैशाख मसान्तसम्मका लागि आदर्श माविको जिम्मामा दिइएको हो।पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजु प्रसाद गुप्ताका अनुसार “पाल्हिनन्दन गाउँपालिकाका बिभिन्न वस्तीहरू महेशपुर, सुनरी, बडसारे, शंकरपुर, हरपुर,विश्नुपुरा,सनई लगायत स्थानबाट परासीमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई दैनिक आवतजावतमा सहुलियत दिने उद्देश्यले यो बस आर्दश मा.वि.परासीलाई सञ्चालन गर्न जिम्मा दिएको बताए।