

सोमबार नवलपरासीमा “एक युनिट एक कार्यक्रम” अवधारणा बमोजिम जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोली समुदाय-प्रहरी साझेदारी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा जनप्रतिनिधिज्यूहरू, नागरिक समाज लगायतसँगको सहकार्यमा साइबर अपराध न्यूनीकरण तथा नियन्त्रण, आत्महत्या न्यूनीकरण, आगलागी नियन्त्रण, बाल बिवाह न्यूनीकरण लगायतका प्रहरी साझेदारी सचेतनामूलक कार्यक्रमका साथसाथै पीडित परिवारहरुसँग भेटघाट समेत गरी ६ वटा शीर्षकमा प्रहरी कार्यालयबाट विभिन्न स्थानमा खटि गई जनचेतनामुलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमहरु संचालन गरिएको हो ।
उक्त प्रशिक्षण तथा अन्तरक्रियाबाट नवलपरासी बर्दघाट सुस्ता पश्चिमका १७५ जना मानिसहरु लाभान्वित भएको छन।