१६ साउन २०८२, शुक्रबार

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनीमा शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा १९ औं खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न

Logo
लुम्बिनी परिवेश बिहिबार, कार्तिक २९, २०८१

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनीमा शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा १९ औं खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
माउन्ट एभरेस्ट क्रिकेट क्लबको आयोजनामा रहेको प्रतियोगिता जन जागृति माध्यमिक विद्ययालय गुठी परसौनीको खेल मैदानमा कार्तिक १७ गतेदेखि सुरु भएको खेल शनिवार सम्पन्न भएको हो ।

आयोजना गरिएको क्रीकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धा प्रतापपुर वड नं.६ गुठी परसौनी र भारतको क्रीकेट टिम बिच भएकोमा भारत क्रीकेट टिमले ७४ रनले विजयी भई ३५ हजार नगद कप मेडल प्राप्त गरेको थियो भने उपविजेता गुठी परसौनी टिमले २५ हजार नगद सहित कप मेडल प्राप्त गरेको छ ।

माउन्ट एभरेस्ट क्रिकेट क्लबको अध्यक्ष अमर यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेशका वन तथा बाताबरण मन्त्री देवकरण कलवार ( सन्तु ) को प्रमुख आतिथ्यतामा क्रिकेट प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भएको थियो ।सो अवसरमा मन्त्री कलवारले खेल नियमको रिधिभित्र रहेर खेल्ने खेलाडीले नै उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने बताउदै विजेता र उप विजेतालाई सिल्डकप र मेडल प्रदान गर्दै ग्रामीण भेगमा खेलाइने खेलहरुबाट पनि उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने धारणा राख्दै युवा जनशक्तिलाई खेलकुदको माध्यमबाट बहुआयामिक व्यक्तित्वको विकास गर्न सकिने जिकिर गर्दै अन्त्यमा सत्य र न्यायको नै जित
हुने विचार व्यक्त गर्नुभयो । साथै खेलाडीहरूका लागि
प्रदेशबाट हुने सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । यश क्षेत्र विकास निर्माणका लागि आफू सदैव अगाडि रहान बिचार राखनु भयो ।

सो अवसरमा प्रतापपुर गाउँपालिका वडा न.७ का वडाध्यक्ष हरेन्द्र यादव, पुर्व जन स्वास्थ अधिकृत कुन्दन सिंह र सुरज अधिकारी लगायतले खेलकुद महत्वमाथी प्रकाश पार्नु भयो

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]