२२ आश्विन २०८२, बिहिबार

प्रतापपुर गाउँपालिका वडा नम्बर २ सेमरीमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता शुरु भएको छ।

Logo
लुम्बिनी परिवेश बिहिबार, आश्विन २४, २०८१

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर २ सेमरीमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता शुरु भएको छ।

बडा दशैका पावन अवसरमा नवदुर्गा समितिको आयोजनामा समितिका अध्यक्ष बिक्रम यादवको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको प्रमुख अतिथ्यतामा एक कार्यक्रम बिच कपर्दी प्रतियोगिता उदघाटन गरिएको हो ।

खेलकुदलाई सम्बोधन गर्दै पालिका अध्यक्ष यादवले कपर्दी प्रतियोगिता युवाहरुको लागि महत्त्वपूर्ण रहेको भन्दै प्रतापपुरका खेलाडीहरुलाई जिल्ला देखि प्रदेश र केन्द्रसम्म हरेक खेलमा आफुसहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु गर्नुभयो । साथै प्रतापपुरमा खेलाडीको माग अनुसार आफुले बजेट बिनियोजन गर्न प्रतिबद्ध रहेको समेत बताउनु भयो । खेलकुदलाई ब्यवसायिक रुपमा लैजानुपर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा समाजसेवी पालिका उपाध्यक्ष मान कुमारी चौधरी, वडा नम्बर १ वडा अध्यक्ष महेन्द्र बहादुर चौधरी, नाथुराम क्षेत्री, सरोज थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल र भारतका टिमहरुका सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]