१५ साउन २०८२, बिहिबार

कावासोती नगरपालिका-४ वाट बेपत्ता भएका दुई वर्षे वालको शव खोला किनारमा भेटिएको

Logo
लुम्बिनी परिवेश बुधबार, साउन २३, २०८१

कावासोती नगरपालिका-४ हसौरा वाट बेपत्ता भएका दुई वर्षे वालको शव खोला किनारमा भेटिएको छ ।
स्थानीय रामजी ढुङ्गानाको छोरा ३० महिने सुवास ढुङ्गाना मङ्गलवार बिहान आफ्नै घर आँगनमा साइकलमा खेली रहेको अवस्थामा हराएका थिए । बेपत्ता भएका बालकलाई घर छेउमा रहेको खेतमा पानी लगाउने पक्की सिँचाइ कुलोले बगाएको अनुमान सहित खोजा गर्दा आज कावासोती नगरपालिका-४ तिलाहा स्थित हसौरा खोला किनारमा शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार हसौरा सिँचाइ कुलोले बगाएको बालकलाई घर देखि दुई कि.मि.को दुरीमा रहेको खोलाको किनारमा शव भेटेपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]