

नवलपुरको दाउन्ने डाँडाको विश्वकर्मा बाबा मन्दिर नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको छ। विहानैदेखिको पानीका कारण बाटो हिलो र चिप्लो भएर सवारी साधन चल्न नसकेको सडकमा पहिरो गएको हो।
आज दिउँसो १ बजेतिर वियनी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा बाबा मन्दिर नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध भएको छ। अहिले सडक एकतर्फी रुपमा चलेको प्रहरीले जनाएको छ।
हिजोदेखि लगातार परेको पानीले बाटो हिलो र चिप्लो भएको छ भने पानीले बाटोका माटो र गेगर बगाएर खाल्टा खुल्टी पनि भएको छ।