१५ साउन २०८२, बिहिबार

एसइईको ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि : दुई लाख १० हजार परीक्षार्थी सहभागी हुँदै

Logo
लुम्बिनी परिवेश बुधबार, साउन २३, २०८१

शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि शुरु हुँदैछ । यसअघि उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको हो । परीक्षा बिहान ११ बजेदेखि शुरु हुनेछ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलकाअनुसार परीक्षामा दुई लाख १० हजार विद्यार्थी सहभागी छन् ।

परीक्षाका लागि देशभर पाँच सय ५० केन्द्र निर्धारण गरिएको छ । परीक्षा साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । नतिजा असोजको पहिलो हप्ता भित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ । पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीले यसै वर्ष कक्षा ११ को अध्ययन गर्न पाउनेछन् ।

यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पुरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । परीक्षामा अनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार जना भएपनि दुई लाख १० हजारले मात्रै फारम भरेका छन् ।

एसइईमा आधाभन्दा धेरै परीक्षार्थीको नतिजा नन ग्रेडेड (एनजी) अर्थात् कक्षा ११ मा पढ्न नपाउने भएपछि राष्ट्रिय परीक्षा बोर्डले ‘एनजी’ मा परेका सबै परीक्षार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो । यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षा दिन पाउने व्यवस्था थियो ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]