१३ साउन २०८२, मंगलबार

नवलपरासी पश्चिममा भूमिहीन ७ सय १७ नागरिकको घरपरीवारका लागि आवास निर्माण पहिलो चरणको काम शुरु

Logo
लुम्बिनी परिवेश मंगलबार, आषाढ ०९, २०८२

नवलपरासी पश्चिममा भूमिहीन ७ सय १७ नागरिकको घरपरीवारका लागि आवास निर्माण पहिलो चरणको काम शुरु भएको छ । थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर द्वारा ’भूमिहिन नागरिकको लागि आवास निर्माण’“ कार्यक्रम अन्तर्गत पहिलाे चरणको काम शुरू भएकाे हाे । प्रति भुमीहिन घरपरिवारलाई एक कठ्ठा जग्गा सहित तयारी अवस्थाको चार कोठे घर निमार्ण गरि हस्तान्तरण गरिने थारु मिलन केन्द्र नेपालका सदस्य एवं सरावल गाउंपालिककाका पुर्व अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।
जसकालागि तत्काल प्रारम्भीक चरणमा लगत संकलनको लागी काम अघि बढाईएको छ । कार्यक्रममा बाेल्दै सदस्य चाैधरीले नगरपालिकातर्फ बर्दघाट ,रामग्राम , सुनवल तथा गाउँपालिका तर्फ सुस्ता , पाल्हीनन्दन प्रतापपुर , सरावल गरी सातवटै स्थानीय तहमा यो कार्यक्रम संचालन गरिनेछ ।
थारु मिलन केन्द्र नेपालले थारू समुदाय मात्र नभई तीन पुस्तादेखि कुनैपनि जग्गाकाे स्वामित्व नभएकाे हरेक समुदायकाे लागि आवास निर्माण गर्नेछ ।
सुनवलमा आयोजीत कार्यक्रममा बाेल्दै सुनवल नगरपालीकाका नगर प्रमुख बिमला अर्यालले स्थानिय तहसगँकाे समंन्वयमा भईरहेको यस प्रकारका कामले पालिकाहरुलाई पनि सहयोग पुग्ने बताउनुभयाे ।
थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरकी सदस्य एवंम् कार्यक्रम फोकल पर्सन आशा चौधरीले जिल्लाका सात वटै पालिका मध्ये केही स्थानमा जग्गा खरिद भईसकेको र केही बाकी स्थानमा जग्गा खरिद गरी ब्यवस्थीत बस्तीको रुपमा भूमीहीन परिवारलाई एकै स्थानमा आवास निमार्ण गर्ने गरी योजना अघि बढाइएको बताउनुभयाे ।
प्रति घर करिव ५ लाख बराबरको लागतमा चार कोठे घर निमार्ण हुने थारु मिलन केन्द्रका अध्यक्ष देवानन्द सिंह फैजदारले जानकारी दिनुभयो ।
जसका लागी प्रत्येक वडामा गई आश्यकताका आधारमा आवेदन संकलन गरिने थारु मिलन केन्द्रकी सदस्य एवंम् नेपाल उपदान कलेक्सन सेन्टरकी लेखा अधिकृत अन्जली चौधरीले जानकारी दिनुभयो ।
२०७९ सालमा स्थापना भएको थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरले यसअघि कैलाली, बर्दीयामा लगाएका भूमिहीन नागरिकका लागि आवास निर्माण गरी हस्तान्तरण गरिसकेको छ । यस जिल्लामा समेत छिट्टै फारम भर्ने देखि छनाेट सम्मकाे प्रकृया अगाडि बढ्ने थारु मिलन केन्द्र नेपालका सचिव एवं कार्यक्रम सञ्चालक शत्रुघन प्रसाद चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]