१४ साउन २०८२, बुधबार

सरावल गाउँपालिकाको गाउँ सभाको १६ औं अधिबेशन सम्पन्न,अध्यक्ष चौधरीद्वारा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत

Logo
Lumbini Paribesh सोमबार, आषाढ ०८, २०८२

सरावल । नवलपरासीको सरावल गाउँपालिकाले आइतबार गाउँ सभाको १६ औं अधिबेशन सम्पन्न गरेको छ । सम्पन्न १६ औं अधिशेनमा गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीले आगामी आर्थिक बर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । 

अधिबेशनमा उपाध्यक्ष बासमति हरिजनले न्यायीक समितिको प्रतिवेदन, वडा नं. १ का अध्यक्ष विष्णु प्रसाद भट्टराईले खानेपानी तथा सरसफाई विधेयक मस्यौदा २०८२, वडा नं. ५ का अध्यक्ष छोटेलाल गुप्ताले वन विधेयक मस्यौदा २०८२, कार्यपालिका सदस्य रन्जना महतोले लेखा समितिको बेरुजु फछ्यौट सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । अधिबेशनमा प्रस्तुत भएका सवै विधेयक र प्रतिवेदनहरू पास भएका छन् । 

अधिबेशनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्राले चालु आर्थिक बर्ष २०८१।०८२ मा सम्पादन भएका विकास निर्माण र सेवा प्रवाहको प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । 

अधिबेशनमा अध्यक्ष चौधरीले आगामी आ.ब.२०८२।०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । आगामी आ.ब.को नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई जोड दिइएको छ । अध्यक्ष चौधरीले “विद्यार्थी अनुसार शिक्षक दरवन्दी” कायम गर्ने र “हाम्रो सरावल” नामक स्थानीय पाठ्यक्रम लागू गर्ने बताउनु भयो । 

उहाँले शिक्षा क्षेत्रमा अभिवाकको पनि पहुँच अभिबृद्धि गर्न अभिभावक सचेतना कार्यक्रम गर्ने, पालिकावासीलाई आधारभूत स्वास्थ्य निःशुल्क गर्ने नीति रहेको जानकारी दिनुभयो । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा “आफ्नो गाउँ आफै सफा गरौ” भन्ने नारालाई सार्थक बनाउने योजना अघि सार्नु भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]