
पूर्ण खोप, सुरक्षित भविष्य” भन्ने मुल नाराका साथ पाल्हीनन्दन गाउँपालिकाले आफ्ना १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नियमित खोप सुनिश्चित गर्दै पूर्ण खोप पालिकाको रूपमा ऐतिहासिक घोषणा गरेको छ। सो कार्यक्रम पालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) को अध्यक्षता तथा जिल्ला समन्वय समिति, नवलपरासीका प्रमुख भगवती प्रसाद यादव (रुदल) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमले पालिकाभित्रका बालबालिकाहरूको स्वास्थ्य सुरक्षामा ऐतिहासिक कोसेढुंगा स्थापित गरेको छ।
यो घोषणा सँगै पाल्हीनन्दन गाउँपालिका अब बाल स्वास्थ्य सुरक्षाका मापदण्डमा अग्रणी बनेको छ। स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयास, स्थानीय सरकारको योजनाबद्ध कार्यान्वयन, गैर सरकारी संस्थाहरु सहयोग तथा अभिभावकहरूको सहकार्यले पालिकालाई यो उपलब्धिमा पुर्याएको जनाइएको छ।
पालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले आगामी दिनमा स्वास्थ्य सेवा प्रणालीलाई अझ सुदृढ बनाउँदै नागरिकको आधारभूत अधिकारलाई अझ प्रभावकारी रूपमा सुनिश्चित गरिने प्रतिबद्धता जनाए। उनले थपे, “यो पूर्ण खोपको घोषणा हाम्रो पालिकाको समर्पण र सफल स्वास्थ्य योजनाको प्रतिफल हो। अब हामी यसलाई दीगो बनाउँदै लैजानेछौं।”
घोषणा सभामा स्वास्थ्य कर्मीहरुलाई सम्मान गरिएको छ भने अन्य छुटेका तथा बाकी रहेका सबै बालबालिकाहरु लाई लगाउँदै खोपको स्थायीत्व सुनिश्चित गर्न कार्य गर्न बताईएको छ।