
पाल्हीनन्दन गाउँपालिकामा रहेको ऐतिहासिक नन्दनताल संरक्षण र प्रवद्र्धन गर्न लागी पहल थालिएको छ पाल्हीनन्दन गाउँपालिकाले जिल्लास्थित सरोकावालाहरूसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नन्दन तालको संरक्षण र ताललाई पुरानै स्वरुपमा फर्काउने सन्दर्भमा छलफल गरेको छ।
नन्दनताल अतिक्रमण हुदै तालको अस्तितत्वनै मेटिने खतरा उत्पन्न भएपछि सरोकारवाला संग छलफल गरेर संरक्षणको काम अगाडी बढाउन अन्तरक्रिया गरिएको पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता दिपकले बताए। सो क्रममा बोल्दै सरोकारवालाहरूले तालको संरक्षण हुनुपर्ने विषयमा मतएक्यता जाहेर गर्दै स्थानिय तह सक्रिय हुनुपर्नेमा जोड दिएक छन।
प्रतिनिधि सभा सदस्य एव पूर्व मन्त्री धुब्रबहादुर प्रधानले नवलपरासीको पहिचान मेटिदै गएको भन्दै तालतलैया लगायतका अन्य सम्पदाको संरक्षण गर्दै जानुपर्नेमा जोड दिए। माथिल्लो तहका सरकारले चासो नदिएपनि स्थानिय तहले संरक्षण र प्रर्वद्धनको काममा अठोट गरेर अगाडी बड्नुपर्नेमा जोड दिए। जिल्ला विभाजनले त्रिवेणीधाम लगायतका स्थल नवलपरासीबाट विभाजित भएकाले अहिले जिल्ला भित्रै भएका सम्पदाको संरक्षण गरेर प्रसारप्रचार गर्नुपर्नेमा प्रधानको जोड थियो।
जिल्लाको हकुई र सनई गाउँको सिमाना रहेको नन्दन ताल झन्डै सय विगाहा क्षेत्रफलमा फैलिएको छ तर अहिले खेतिपाती हुदै जादा तालनै नामेट हुदै गएको छ।