१५ साउन २०८२, बिहिबार

पूर्व पश्चिम राजमार्गको खहरेपुलस्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउँदै गरेको बस र इभी गाडी दुर्घटना

Logo
Lumbini Paribesh शनिबार, आषाढ ०६, २०८२

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ डडुवा क्षेत्रमा बस र इभी गाडी ठाेक्किँएर ज्यान गुमाउनेहरु अधिका‌ंश इभी गाडीकाे रहेका छन् ।

पूर्व पश्चिम राजमार्गको खहरेपुलस्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको इभी गाडी ठोक्किँदा ७ जनाको ज्यान थियाे ।

मृतकमध्ये अधिकांश इभी माइक्रोमा सवार रहेका यात्रु भएको अनुमान गरिएको छ। दुबै सवारी साधन घटनास्थलमा नै भएको कारण बाटो दुबै तर्फ अबरोध भएको छ ।

क्रेन बोलाई बाटो खुलाउने कार्य भई रहेको र उक्त स्थानमा इप्रका भण्डाराबाट प्रहरी निरीक्षक रुपेश बिष्ट र इलाका प्रहरी कार्यालयखैरहनीबाट प्रहरीनरीक्षक प्रदिपजंग महतको कमाण्डमा र इप्रका टांडीबाट प्रनाउ रन्जन अवाको कमाण्डमा २० जना गरी जम्मा ४५ जनाको टोली खटिएका छन् ।

मृत्यु हुनेमा मकवानपुर हटिया ३ बस्ने वर्षीय ५५ को सोम प्रसाद रुपाखेती, मकवानपुर हेटौंडा ५ बस्ने वर्षीया ५३ की मैंया कुमारी न्यौपाने पहाडीकाृ मात्र पहिचान खुलेको छ । मृत्यु हुनेमा एक गर्भवती महिला समेत रहेको छ । अन्य मृतकहरुको सनाखत नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १८ जना घाइते भएका छन् ।  घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ। घाइते हुनेमा मकवानपुर हेटौंडा १३ बस्ने १६ वर्षीय को सक्षम थापा, मकवानपुर हेटौंडा १२ बस्ने ३२ वर्षीय सिंहबिर घलान, ३१ वर्षीय बिष्णु लम्साल, ३४ वर्षीय गंगा घलान, जिल्ला झापा गौरादह नपा ९ बस्ने ६५ वर्षीय सुशीला बराल ६७ वर्षीय उमा बराल, कञ्चनपुर बेलौरी न।पा।४ बस्ने ४८ वर्षीय को वीरबहादुर जैसी, रुकुम पश्चिम आठबिस्कोट न।पा। ९ बस्ने ३० वर्षीय सन्देश ओली रहेका छन् ।

उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकाे छ भने बाँकी १० जना घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]