१५ साउन २०८२, बिहिबार

पछिल्लो समय बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका, सरावल गाउँपालिका रहेका सबै विद्यालयहरू बन्द रहने

Logo
लुम्बिनी परिवेश शनिबार, आषाढ ०६, २०८२

पछिल्लो समय बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका, सरावल गाउँपालिका र सुस्ता गाउँपालिकाले पालिकाभित्र रहेका सबै विद्यालयहरू बन्द रहने जनाएको छ।
प्रतापपुर गाउँपालिकाले २७ गते मङ्गलवार देखि जेठ ३० गते शुक्रवार सम्मका लागि वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बिदा दिइएको पालिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभएको छ। अत्यधिक गर्मीका कारण मौसम प्रतिकूल भई विद्यालयको पठन पाठनमा असहजता उत्पन्न भइरहेको तथा विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बिदा दिइएको अध्यक्ष यादवले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हो।
त्यस्तै सरावल गाउँपालिकाले २८ गतेदेखि जेठ ३० गतेसम्म वर्षे बिदाबाट कट्टी हुने गरि बिदा दिइएको पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभएको छ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]