१५ साउन २०८२, बिहिबार

प्रतापपुरकाे पचफेडा गाउँ जाेड्ने पुलकाे शिलान्यास

Logo
लुम्बिनी परिवेश शुक्रबार, आषाढ ०५, २०८२

नवलपरासी पश्चिमकाे प्रतापपुर गाउँपालिका वडा नम्बर ४ मा रहेको पचफेडा गाउँलाई जोड्ने गरी खजुरा खोलामा पक्की पुल निर्माण सुरु भएको छ ।
१ करोड ४० लाखको लागतमा बन्ने उक्त पुलपुलकाे एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले शिलान्यास गर्नुभएकाे हाे ।

हरेक वर्षायाममा खजुरा नदिमा आउने बाढीले स्थानीयका जनजीवन प्रभाबित पार्दै आएकाले त्यहाँ पुल बनाउन लागिएकाे प्रतापपुर गाउपालिकाकाे अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।
पुल नहुदा प्रत्येक बर्ष पचफेडाका स्थानीयले बाढीका कारण थुप्रै समस्या झेल्दै आएका थिए । पुलको अभावमा विद्यालय पढ्न आउजाउ गर्ने बालबालिका समेत समस्यामा पर्देै आएकाले त्यसलाई मध्यनजर गरेर पुल निर्माण थालिएको अध्यक्ष यादवले बताउनुभयो ।
स्थानीय रामबली राजभर भन्नुहुन्छ ” चुनावको बेला पुल बनाउछु भन्छन् सबै तर काम कसैले पनि बनाएनन” अहिले बल्ल पुल निर्माण हुने आशा पलाएको छ ।
५० फिट लामो र ५ मिटर चौडाई रहेकाे उक्त पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने पुल निर्माणको जिम्मा पाएकाे ईश्वर त्रिरत्न जेबी कम्पनीले जानकारी दिुनभयो ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]