१४ साउन २०८२, बुधबार

घरायसी सामान नेपाल ल्याउन दिन घुस लिने हवल्दारलाई एक महिना कैद

Logo
Lumbini Paribesh शुक्रबार, पुष १२, २०८१
सांकेतिक तस्बिर

जिल्ला प्रहरी कार्यालय रुपन्देही अन्तर्गत खटिएका प्रहरी हवल्दार डुकबहादुर खड्का क्षेत्रीलाई भ्रष्टाचार मुद्दामा सजाय भएको छ । विशेषका अनुसार उनलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवाना हुने भएको छ । 

क्षेत्रीले पीडित राहत कोषमा ६ सय रुपैयाँ क्षतिपूर्ति शुल्क बुझाउनुपर्ने फैसला भएको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीलाई १५ हजार घुससहित पक्राउ गरेको थियो । उनले रुपन्देहीको भगवानपुर नाका हुँदै घरायसी सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग उक्त रकम लिएको पुष्टि भएको थियो । जसपछि आवश्यक अनुसन्धान गरी यसै वर्ष २६ भदौमा मुद्दा दायर भएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]