१५ साउन २०८२, बिहिबार

सुस्ता गाउँपालिकाको आयोजना मा जनचेतनामूलक कार्यक्रम सम्पन्न

Logo
लुम्बिनी परिवेश बिहिबार, कार्तिक २९, २०८१

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वडा न.४ को आयोजनामा कक्षा ८ का छात्रछात्राहरुलाई लागू पदार्थ दुर्व्यसनी, यौन हिंसा, बाल विवाह रोकथाम र चेलीबेटी बेचबिखन लगायत जनचेतनामूलक तालिम वडा कार्यालय नर्सहीमा सम्पन्न भएको छ। सुस्ता गाउँपालिका वडा न.४ अन्तर्गतका सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। सुस्ता गाउँपालिका वडा न.४ की वडा एवं कार्यपालिका सदस्य मुना पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका सुस्ता गाउँपालिका वडा न.४ का वडा अध्यक्ष निल बहादुर गुरुङले वडा क्षेत्र अन्तर्गतका छात्रछात्राहरुको उपस्थितिमा गरिएको जनचेतनामूलक कार्यक्रमले विद्यार्थीहरुमा सकारात्मक सन्देश दिने बताउदै तालिममा सिकाइएको ज्ञान, सीपलाई दैनिक जीवनमा लागू गरेर सामज र विद्यालय प्रती उत्तरदायित्व पूरा गर्नुपर्ने जिकिर गर्नुभयो।

तालिममा नेपाल राष्ट्रिय मा.वि. का प्रधानाध्यापक राजेश पाण्डे, नर्सही नारायणी बिच हेभन इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक कृष्ण सराफ, सहिद विष्णु पाण्डे, आधारभुत विद्यालयका प्र.अ. कमलेश गुप्ता, आशुतोष इङ्गलिस बोर्डिङ्ग स्कुलका प्र.अ. महातम हरिजन, प्रहरी चौकी नर्सहीका अ.स.ई. भक्त बहादुर खडक लगायतले तालिमको उद्देश्य र विद्यार्थीको सहभागिता बारे प्रकाश पार्नुभएको थियो।तीन दिनसम्म सञ्चालन भएको तालिममा ज्ञान, सीप, व्यवहार, आनीबानी परिवर्तन हुनुपर्ने कार्याक्रमको मुक उद्देश्य रहेको कार्यक्रम सञ्चालक समेत रहनु भएकी वडा न.४ की वडा सचिव भोज कुमारी जोसीले जानकारी दिनुभयो। तालिममा २२० छात्रछात्राहरुको सहभागिता रहेको आयोजकले बताएको छ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]