२२ आश्विन २०८२, बिहिबार

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध

Logo
Lumbini Paribesh शनिबार, भाद्र ०८, २०८१

बुटवल, भदौ ८। पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ।सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित हेडवर्क्स र सिद्धबाबा मन्दिर बीचमा रहेको कुहिरे भिरमा दिउँसो ४ बजेतिर सुक्खा पहिरो झरेको हो।

सडकमाथीबाट ढुंगासहितको पहिरो झरेपछि अहिले बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, पोखरातर्फ जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएका छन्।

ढुंगासहितको सुक्खा पहिरोका कारण आवागमन रोकिएपनि सडक खाली भएका कारण कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ।

दोभान प्रहरी चौकीका अनुसार सडकमा ठूला ठूला ढुंगा सहितको पहिरो झरेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न केही समय लाग्ने छ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]