१८ फाल्गुण २०८२, मंगलबार

रक्षा बन्धन गर्न साइत हेरिरहन नपर्ने, सत्तामा रहेकाहरुलाई साढे १ बजेपछि उपयुक्त

Logo
Lumbini Paribesh शनिबार, भाद्र ०१, २०८१

तिलोत्तमा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन गर्नसक्ने प्रतिक्रिया दिएको छ। शासन सत्तामा रहेकाहरूलाई भने दिउँसो साढे १ बजेपछि मात्र रक्षाबन्धन गर्न समितिले सुझाव दिएको छ । समितिले शुक्रबार विज्ञप्ति निकालेर भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको र त्यसदिन दिउँसो १: ३१ बजेसम्म भद्रा परेको जनाएको छ। यो वर्ष भद्रा परेकाले रक्षाबन्धन गर्न नहुने चर्चाबीच समितिले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएको हो।

भद्रामा श्रावणीसम्बधी कर्म गरेमा शासन सत्तामा रहेकालाई नकारात्मक असर पर्ने ज्योतिषशास्त्रमा उल्लेख भएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए। त्यसैले शासनसत्तामा रहेकाका लागि १: ३१ बजेपछिको समय सुझाएको उनले बताए। सर्वसाधारणलाई भने असर नगर्ने भएकाले बिहानैदेखि रक्षाबन्धन गर्न सकिने उनले जानकारी दिए।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]