१६ साउन २०८२, शुक्रबार

झुलङ्गे पुल हुँदै बाल्मीकी आश्रम पुग्ने पदमार्ग आज देखि खुला;

Logo
रञ्जीत शर्मा/ नवलपरासी/ सोमबार, साउन २८, २०८१

पुर्बी नवलपरासीमा पर्ने प्रशिद्ध धार्मीक स्थल त्रिवेणी धामको झुलंगे पुलबाट जंगल हुँदै नेपाल कै बाटो बाट बाल्मीकी आश्रम पुग्ने पदमार्ग आज देखि खुला गरिनेछ ।

त्रिवेणी गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समिति पुर्वी नवलपरासीले त्रिवेणी धाममा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

त्रिवेणी स्थित लवकुश झोलुङ्गे पुलबाट यात्रा प्रारम्भ गरि चितवन जिल्ला पर्ने बाल्मिकी आश्रम पुग्न पदमार्गको निर्माण गरी आज देखि विविध रूपमा सञ्चालनमा आउने
पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।

पुर्वी नवलपरासी त्रिवेणी धामदेखी चितवनको बाल्मिकी आश्रम पुग्ने प्रयोजनको लागि निर्माण गरिएको ४०० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको २ वर्ष देखी उक्त पुल प्रयोग बिहिन भएकोमा श्रावण २८ गतेदेखि झोलुङ्गे पुलबाटै यात्रा प्रारम्भ गरि बाल्मिकी आश्रम पुग्न १ हजार श्रद्धालु भक्तजनहरुले जल अर्पण गर्ने कार्यक्रमको तयारी कार्य अन्तिम चरणमा पुगेको गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास सनितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले जानकारी दिनुभयो ।

बाल्मिकी आश्रम पुग्नकै लागि झोलुङ्गे पुल निर्माण भए पनि पुल पारीको बाटो चितवन राष्ट्रिय निकुञ्जको जङ्गलले कठिनाइ बढेपछि ३ साता पुर्व विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का स्थानीयले गोरेटो बाटोको लागि झारपात सफा गरेपछि बाटो सुचारु गर्न सोमबारका दिन शुभ साइत निकाली झोलुङ्गे पुलबाटै बाल्मिकी आश्रम पुग्ने तयारी कार्य गरिएको कार्यकारी निर्देशक भुसालले बताए।

नेपालको महत्वपूर्ण तिर्थ स्थल त्रिवेणीधामबाट अर्को महत्त्वपूर्ण स्थल,रामायण सर्किट अन्तर्गत पर्ने बाल्मिकी आश्रम पुग्न भारत भुमिको प्रयोग गर्नुपर्ने बाध्यता रहदै आएको अवस्थामा झोलुङ्गे पुल निर्माणले त्रिवेणीबाट करिब ४० मिनेट मै पैदाल यात्रापछि आश्रम पुग्न सकिने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो।

२०७२ सालमा शिलान्यास भएको झोलुङ्गे पुल नेपाल सरकारको ९ करोडको लागतमा निर्माण भएको उक्त पुलबाट बाल्मिकी आश्रम पुग्न चितवन राष्ट्रिय निकुञ्जको कानुनी जटिलताले अवरोध पुर्याएकोमा २२ दिनको जनश्रमदानबाट गोरेटो बाटो सफाइ गरेपछि श्रावण महिनामै बाल्मिकी आश्रमको शिवालयमा जल चढाउने अभियान अन्तर्गत धार्मिक जागरणको रुपमा जनप्रतिनिधि, आम सर्वसाधारणको बिचमा झोलुङ्गे पुलको उद्घाटन कार्यक्रम गरिने भएको क्षेत्र विकास समितिका अध्यक्ष एवं करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले बताए ।

सञ्चारकर्मी सँगै बोल्दै विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले “विनयी त्रिवेणी वडा न.६ र ७ का नागरिकको चाहानाको रुपमा झोलुङ्गे पुल सुभारम्भ र आश्रम पुग्न बनेको गोरेटो बाटोबाट नवलपरासी सहित चितवन माणी नगरपालिका वडा न.१ स्थित बाल्मिकी आश्रम पुग्न सहज हुने हुँदा आश्रमको प्रचारप्रसार र धार्मिक पर्यटनको विकास हुने बताए।

२०७८ सालमा गण्डकी प्रदेश सरकारले त्रिवेणी गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समिति गठन गरे पश्चात् त्रिवेणी आसपासका मठमन्दिर र धार्मिक धरोहरहरुको विकास प्रवर्द्धन कार्यमा वृद्धि भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]