१४ साउन २०८२, बुधबार

दाङमा अनुचित लेनदेनको आरोपमा सातजना पक्राउ ।

Logo
किरण शाह शुक्रबार, साउन २५, २०८१

दाङ । दाङमा अनुचित लेनदेन गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। मिटर ब्याजिका आरोपित दुई पुरुष र पाँच महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो ।

पक्राउ पर्नेमा दाङ तुलसीपुरको बिजौरी घर भई हाल घोराही उपमहानगरपालिका– १५ बिपी चोक बस्ने ५७ वर्षीया माधवा बस्नेत, उनका श्रीमान् ५८ वर्षीय धर्मबहादुर बस्नेत, घोराही– १५ की यामाकुमारी बस्नेत,  घोराही– ८ का ५१ वर्षीय तिलकबहादुर महरा क्षेत्री, प्रगति नगर टोलकी ५३ वर्षीया पार्वता केसी, घोराही– १५ बस्ने ३४ वर्षीया ममताकुमारी केसी ९डिसी० र घोराही– १५ की ३७ वर्षीया ऋषा बोहरा रहनु भएको छ ।

पक्राउ परेका मध्येकी माधवा बस्नेतले विभिन्न व्यक्तिलाई ऋण दिई चर्को ब्याज असुल्ने गरेको बताइएको छ।
बस्नेतले ऋण दिनुअघि दस्तखत गराई खाली चेक लिने गर्नु हुन्थ्यो ्र चेक नभएकाहरूसँग ऋण लिएकोभन्दा बढी रकमको तमसुक बनाउने र सावाँ ब्याज असुल गरेपछि तमसुक च्यातिसकेको तथा चेक हराएको भनी आफ्नै नाम राखेर चेक बाउन्स गराएको पाइएको प्रहरीले बताएको छ।

जाहेरीको आधारमा ७ जनालाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

चेक थोरै ऋण दिएर धेरैको तमसुक बनाएको अभियोगमा सातजना पक्राउ, आरोपितलाई  ७ दिनको म्याद थप गरेर हिरासतमा राख्न अनुमति दिएको छ। चेक बाउन्स गर्नुका साथै तमसुक देखाएर जिल्ला अदालतमा चेक अनादर तथा लेनदेन कसुरमा मुद्दा दर्ता गरेपछि पीडितले यसबारे थाहा पाएका थिए। पीडितहरूको उजुरीपछि अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताउनु भयो ।

बस्नेतले केही तमसुक आफ्नो नजिकका नातेदारहरूको नाममा गराएको र ऋणीहरूबाट लिएको दस्तखत मात्र गरेको खाली चेकमा समेत आफन्तको नाममा लेखी बाउन्समा हालेको पाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]